काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले शुक्रबारको माैसम पूर्वानुमान गरेकाे छ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेकाले वर्षा र हिमपातसँगै चिसो बढ्काे छ।
देशका पहाडी भूभागहरु साथै सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
देशका उच्च पहाडी र हिमाली भूभागका धेरैजसो स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेकाे छ । शुक्रबार राति देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशका पहाडी भूभागहरु साथै सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ।
देशका उच्च पहाडी र हिमाली भूभागका धेरैजसो स्थानमा शुक्रबार राति हल्का देखि मध्यम हिमपातको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।अहिले बिहान सुदूरपश्चिम, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा सामान्य बदली तथा बागमती प्रदेशमा आंशिक बदली रहेको छ।




प्रतिक्रिया