डिएसपी कुमोद ढुंगेलका पक्षमा सर्वोच्चको फैसला

डिएसपी कुमोद ढुंगेलका पक्षमा सर्वोच्चको फैसला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सर्वोच्च अदालतले नेपाल प्रहरीका डिएसपी कुमोद ढुंगेलका पक्षमा फैसला गरेको छ । सर्वोच्चले यसअघि काठमाण्डु जिल्ला अदालतले साधारण तारेखमा रिहा गर्न दिएको आदेशलाई नै सदर गरिदिएको हो ।

शुक्रबार न्यायाधीश पुरुषोत्तम भण्डारी र प्रकाश ढुंगानाको इजलासले साधारण तारेखमा रिहा गर्न दिएको आदेशलाई सदर गरेको छ ।

आपराधिक क्रियाकलापमा संलग्न भएको आरोपमा पक्राउ परेका ढुंगेल जिल्ला अदालतको आदेशपछि रिहा भएका थिए ।

उनलाई गत वैशाखमा प्रहरी प्रधान कार्यालयले पदबाट निलम्बन गरेको थियो । डकैती गर्ने समूहसँग साठगाँठ रहेको आशंकामा उनलाई निलम्बन गरिएको थियो ।

साँठगाँठको घटनाबाहिर आएपछि प्रहरी प्रधान कार्यालयले ढुंगेलमाथि छानबिन सुरु गरेको थियो ।

काठमाण्डुको रानीबारीका लालेन्द्र शेरचनको घरमा भएको डकैती गर्नेमध्येका विक्रम श्रेष्ठले डीएसपी ढुंगेलको मोबाइलमा सन्देश पठाउनुका साथै भेटघाट गरेको पाइएपछि उनी अनुसन्धानको घेरामा तानिएका थिए ।