राष्ट्रपतिद्वारा बेपत्ता र सत्य निरुपण अध्यादेश जारी, आयोगको म्याद ६ महिना थप

राष्ट्रपतिद्वारा बेपत्ता र सत्य निरुपण अध्यादेश जारी, आयोगको म्याद ६ महिना थप

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश जारी गरेकी छन् । उनले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) अध्यादेश, २०७७ जारी गरेकी हुन्।

मन्त्रिपरिषद्‍को सिफारिसमा राष्ट्रपतिले शुक्रबार नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम सो अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

सरकारले नयाँ अध्यादेश जारी गरेर आयोगको म्याद ६ महिना अर्थात असार मसान्तसम्म थप गरिएको हो । दुवै आयोगको म्याद माघ २६ गतेबाट सकिँदै छ ।