आज तपाईँको भाग्यफल कस्तो रहनेछ ?

आज तपाईँको भाग्यफल कस्तो रहनेछ ?


काठमाण्डु – विसं. २०७७ साल माघ २५ गते । आईतबार । ईश्वी सन् २०२१ फेब्रुवरी ०७ तारिख । नेपाल संवत् ११४१ । काठमाण्डुमा सूर्योदय बिहान ०६ बजेर ४९ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ४८ मिनेटमा ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)  सवारी साधन तथा भौतिक सम्पत्तिको प्रयोग तथा परिचालन गर्दा ध्यान दिनुहोला, दिन मध्ययम रहेको छ । साँझपख बैंक तथा वित्तिय क्षेत्रमा गरिएको लगानीबाट राम्रै प्रतिफल प्राप्त हुनेछ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) मायाप्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय व्यतित गर्दा खुशी भएको महशुस गर्नेछन् । रमाईलो यात्रा तय हुने तथा व्यापारबाट मनग्गे नाफा कमाउन सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)  व्यापारमा बढोत्तरीको योग रहेको छ भने थोरै लगानी बाट यथेष्ट लाभ लिन सकिनेछ । अदालती निर्णयहरु तपाईंकै पक्षमा आउने भएको हुनाले न्याय पाएको अनुभुती हुनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेको छ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)  पढाइ लेखाइमा सुधार भएर जानेछ भने शिक्षा क्षेत्रमा गरिएको लगानीबाट मनग्गे धन लाभ हुनेछ । भौतिक सम्पत्ति तथा विलाशी वस्तुहरुको प्रयोग गर्न पाइने हुनाले मन प्रशन्न हुनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) व्यापार व्यवसायमा नाफा कमाउन बढि नै संघर्ष गर्नुपर्नेछ । कामका सवालमा उठ्ने गोप्य कुराहरु बाहिर आउन सक्ने हुनाले सजक रहनु पर्नेछ । श्वासप्रश्वास तथा छाती सम्बन्धि समस्याले सताउने हुँदा काम गर्न अप्ठ्यारो महसुस हुनेछ । दिदी बहिनीसँग मनमुटाव बढ्ने योग रहेको छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) छोटो दुरीको व्यवसायिक यात्रा तय गर्न सकिनेछ भने पराक्रम बढेर जाने हुनाले साहसिलो काम गर्ने आँट आउनेछ । माया प्रेममा नजिक हुने समय रहेको छ भने दाम्पत्य जीवन सुखी रहनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)  पारिवारिक जमघटमा दिन बित्ने तथा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । पति पत्नीबीच विश्वासको वातावरण बढ्ने तथा माया प्रेममा सामिप्यता बढेर जानेछ । कुटुम्बबाट तपाईंले गरेको काममा सहयोग प्राप्त हुनेछ ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहनेछ । कृषि तथा पशुपालन व्यवसाय भने फस्टाएर जानेछ । आमा तथा आमासरहका मानिससँग मनमुटाव बढ्नेछ । विश्वास गरेकाहरु बाट धोका हुनसक्छ, सजक रहनुहोला ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)  लामो दुरीको वैदेशिक यात्रा तय हुनेछ भने विदेशी भूमिमा बसेर श्रम गर्नेहरुले मनग्गे रुपैयाँ पैसा कमाउन सक्नेछन् । खानपानमा ध्यान दिनुहोला, स्वास्थ्य सम्बन्धि समस्या बढ्ने तथा औषधी उपचार खर्च बढेर जानेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)  विद्यामा सोचे अनुरुप नै प्रगती हुनेछ । परिवार तथा आफन्तहरु तपाईंको कामदेखि प्रशन्न हुनेछन् । सवारी साधन प्राप्त हुने योग रहेको छ । दाजुभाइ बाट राम्रै सहयोग प्राप्त हुनेछ । मायाप्रेममा विश्वासको वातावरण झन् कसिलो भएर जानेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) व्यापार व्यवसायमा लगानी गरी मनग्गे नाफा कमाउन सकिनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा लगानी गर्नेहरु सफल रुपमा स्थापित हुनेछन् । गीत सङ्गीतमा मन जानेछ भने माया प्रेममा नजिक हुने समय रहेको छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)  धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्रा गरी प्रसाद तथा टिका ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । खोज तथा अनुसन्धानको क्षेत्र बलियो रहने हुँदा मन प्रशन्न रहनेछ ।