काठमाण्डु – सरकारले संवैधानिक आयोगहरूमा गरेका नियुक्ति असंवैधनिक भएको भन्दै सभामुख अग्निप्रसाद सापकोटाले नियुक्ति भएका सबैलाई विपक्षी बनाएर मुद्दा दायरको रिटमाथिको सुनुवाई आज हुँदैछ ।
शुक्रबार दायर रिटको पेसीमाथि न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासमा उक्त मुद्दाको सुनुवाइ हुने भएको छ ।
१९ पृष्ठ लामो निवेदनमा निवेदकले नियुक्ति तथा सिफारिसविरुद्ध उत्प्रेषण, परमादेश, उपयुक्त आदेश जारी गर्न माग गरेका छन् । रिटमा राष्ट्रपतिको कार्यालय शीतलनिवास, प्रधानमन्त्री ओली तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरवार राष्ट्रिय सभाका अध्यष गणेश तिमिल्सिना लगायत ३९ जनालाई विपक्षी बनाइएको छ ।
उनले संवैधानिक आयोगहरुमा गरिएको सिफारिस र नियुक्ति असंवैधानिक भएको दाबी गरेका छन् । सापकोटाले निवेदनमा संवैधानिक परिषद्को पुस ५ गतेको निर्णय बदर गर्न माग गरेका छन् । साथै उक्त निर्णयका आधारमा संवैधानिक आयोगहरुमा भएको नियुक्तिको बदर गर्न पनि सभामुख सापकोटाले माग गरेका छन् ।




प्रतिक्रिया