स्थानीय चुनाव चैत कि बैशाखमा ? रवि काठमाण्डु फर्किएपछि टुंगो लाग्ने

स्थानीय चुनाव चैत कि बैशाखमा ? रवि काठमाण्डु फर्किएपछि टुंगो लाग्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल सकिनुअघि नै निर्वाचन सम्पन्न गर्ने तयारीमा निर्वाचन आयोग र सरकार लागेको छ ।

स्थानीय तहमा जनप्रतिनिधिविहीनताको अवस्था सिर्जना हुन नदिन २०८४ बैशाखभित्रै चुनाव गरिसक्ने तयारी छ । तर स्थानीय चुनाव चैत वा बैशाख कुन महिना गर्ने भन्ने अन्तिम टुंगो लागिसकेको छैन ।

आगामी चुनावबारे छलफल गर्न निर्वाचन आयोगले मंसिर ४ गते राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलहरूलाई छलफलमा बोलाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने छठ पूजाका लागि जनकपुरमा रहेकाले उनी फर्किएपछि उनले अनौपचारिक रूपमा समेत राजनीतिक दल र निर्वाचनका जानकारहरूसँग परामर्श लिनेछन् ।

सरकारले आसन्न निर्वाचनको मितिबारे परामर्श र समन्वयका लागि सभापति लामिछानेलाई अनौपचारिक जिम्मेवारी दिएको उच्च स्रोतले जनाएको छ ।

निर्वाचनको मिति यकिन गर्नुअघि पहिला स्थानीय चुनाव मात्रै गर्ने कि प्रदेशसभा सदस्य निर्वाचन र स्थानीय चुनाव सँगसँगै गर्ने भन्नेबारे यकिन हुने उच्च स्रोतले जनायो । चुनाव गराउँदा राज्यको तर्फबाट हुने खर्चको दोहोरोपना हटाउन प्रदेश र स्थानीय चुनाव सँगसँगै गर्नुपर्ने मत समेत रहेको छ ।

स्रोतका अनुसार प्रदेश र स्थानीय चुनाव सँगसँगै हुने अवस्थामा निर्वाचन बैशाखमा हुनेछ भने स्थानीय चुनाव मात्रै हुने भएमा चैतमै चुनाव हुनेछ ।

राजनीतिक दलहरूको सहमतिमा नै दुवै चुनाव सँगै गर्ने वा स्थानीय चुनाव मात्रै गर्ने भन्नेबारे निर्णय हुनेछ । सरकारले चुनावी खर्च जोगाउन दुवै चुनाव सँगसँगै गर्नुपर्ने इच्छा राखेको स्रोतले जनाएको छ ।

प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ र सल्लाहकार कुमार बेनले चुनावको मितिबारे आन्तरिक छलफल गरिरहेका छन् । सभापति लामिछाने काठमाण्डु फर्केपछि छलफल गरेर अन्तिम निर्णय हुने जनाइएको छ ।