काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल) बाट बाहिरिइसकेको पोखरा एभेन्जर्सले काठमाण्डु गोर्खाजलाई ५५ रनले पराजित गरेको छ ।
पोखराको विशाल चुनौती पछ्याएको काठमाण्डु १६९ रनमा समेटिएको छ । काठमाण्डु १९ दशमलव ५ ओभरमा अलआउट हुँदै पराजित भएको छ ।
आईतबार भएको दोस्रो खेलमा पोखरा एभेन्जर्सले काठमाण्डु गोर्खाजलाई २२५ रनको विशाल लक्ष्य दिएको थियो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २२४ रन बनाएको थियो । यो एनपीएल इतिहासकै अहिलेसम्मको उच्च स्कोर हो ।


प्रतिक्रिया