काठमाण्डु – केपी ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले संयोजकबाट रामप्रसाद सापकोटा (दिपशिखा)लाई निष्काशन गरेको छ ।
ललितपुरको च्यासस्थित तुलसीलाल स्मृति भवनमा आइतबारबाट शुरू भएको युवा संघको केन्द्रीय समिति बैठकले दिपशिखालाई संयोजकबाट निष्काशन गर्ने निर्णय गरेको हो ।
सहसंयोजक रमेश पौडेलले संयोजक सापकोटालाई निष्काशन गर्ने प्रस्ताव बैठकमा राखेका थिए । उनले कम्युनिष्ट आन्दोलनविरुद्ध र समृद्ध नेपाल सुखी नेपाली अभियानविरुद्धका गतिबिधि गरेको भन्दै संयोजकबाट निष्काशन गर्ने निर्णय गरेको छ ।
युवा संघ इन्चार्ज महेश बस्नेतको उपस्थितिमा भएको बैठकले सापकोटालाई निष्कासन गरेपछि पौडेलको अध्यक्षमा बैठक शुरु भएको छ । आजबाट सुरु भएको बैठकले नयाँ नेतृत्व चयन गर्ने भएको छ ।
युवा संघको अध्यक्षका लागि रमेश पौडेल, किरण पौडेल र वचनवहादुर सिंह दौडमा छन् ।




प्रतिक्रिया