काठमाण्डु – बैतडीको दोगडाकेदार गाउँपालिकामा भगीरथी भट्ट बलात्कार र हत्या प्रकरणबारे अनुसन्धान गर्न सुदूरपश्चिम प्रहरी प्रमुख नायव महानिरिक्षक (डिआईजी) उत्तम सुवेदी आफैं घटनास्थलमा पुगेका छन् ।
घटनाबारे निष्पक्ष छानबिनका लागि डीआईजी सुवेदी आफैं फिल्डमा खटिएका हुन् । निर्मला पन्त बलात्कार र हत्या प्रकरणसँगै मिल्दोजुल्दो घटना भएको भन्दै निष्पक्ष छानबिन गर्न स्थानीयले माग गर्दै आएका छन् ।
त्यस्तै नेपाली कांग्रेस, नेकपा प्रचण्ड–माधव नेपाल समूह, जसपा, मानव अधिकारकर्मीलगायतले घटनाबारे सत्यतथ्य बाहिर ल्याउन सरकारसँग माग गरेका छन् ।
घटनाबारे विस्तृत अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान व्युरो र प्रदेश प्रहरी कार्यालयका टोली तालिम प्राप्त कुकुर परिचालन गरिएको छ ।
मृतक किशोरीले प्रयोग गरेको मोबाइल भेटिएको र कल डिटेलबाट समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यही माघ २१ गते विद्यालयबाट घर फर्कने क्रममा दोगडाकेदारस्थित सनातन धर्म माविका छात्रा भट्टको लबलेक सामुदायिक वनमा बलात्कारपछि हत्या भएको थियो ।




प्रतिक्रिया