काठमाण्डु – प्रतिनिधिसभा विघटनको मंगलबारको मुद्दा स्थगित भएको छ । संवैधानिक इजलासमा जारी बहस भोलिका लागि स्थगित भएको हो ।
पूर्वन्यायाधीश इन्द्रराज पाण्डेको निधनका कारण भोलिको इजलास स्थगित गरिएको प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले जानकारी दिए ।
बुधबारबाट नियमित बहस हुने प्रधानन्यायाधीश जबराले जानकारी दिए । गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि सर्वोच्चमा मुद्दा परेको थियो । सोही मुद्दाबारे प्रधानमन्त्री अोली पक्षका वकिलहरुले बहस गरिरहेका छन् ।
९० वर्षीया पाण्डेको सोमबार बिहान वानेश्वरस्थित निवासमा निधन भएको थियो । उनी तत्कालिन मल्लिक आयोगका सदस्य समेत हुन् ।




प्रतिक्रिया