एजेन्सी – भारतको बिहारस्थित पूर्वी चम्पारण जिल्लामा १२ वर्षीया नेपाली मूलकी बालिकालाई सामूहिका बलात्कारपछि हत्या गरिएको छ । हत्यापछि उनको शवलाई जबरजस्ती जलाइएको पाइएको छ ।
प्रारम्भिक अनुसन्धान र एक भाइरल अडियोले सम्पूर्ण घटना स्थानीय स्टेशन अफिसरको सहयोगमा गरिएको संकेत गरेको छ ।
यस सम्बन्धमा एसपी नवीनचन्द्र झाले बीबीसीलाई भने, ‘भाइरल भएको अडियोबाट स्पष्ट हुन्छ कि पुलिस स्टेशनबाट लापरवाही भएको छ । हाल ति प्रहरीलाई निलम्बन गरिएको छ र अनुसन्धानका क्रममा भेटिएका प्रमाणहरूको विरुद्धमा एफआईआरमा दर्ता हुनेछ ।’
नेपालको बारबर्दिया नगरपालिकाका सुरेश (नाम परिवर्तन) विगत सात बर्षदेखि मोतिहारीको कुण्डवा चैनपुरमा बसोबास गर्दै आइरहेका छन् ।
सुरेशका अनुसार यो घटना २१ जनवरीको हो । त्यसबेला उनकी श्रीमती नेपाल गएकी थिइन्, सुरेश काम गर्न गएका थिए भने छोरा केही कामका लागि बजार गएका थिए ।
सुरेशका छोरा बजारबाट फर्किंदा घरबेटी सियाराम साहले उनलाई रोके । तर उनका छोरा जर्बजस्ती घरभित्र गए र बहिनीलाई भुईंमा चोट लागेको देखे । छोराले बाबुलाई बोलाए । जब सुरेश घर पुगे तब उनले छोरी भुइँमा लडिरहेकी देखे । उनको घाँटीमा रातो दाग थियो । उनले तुरुन्त नजिकैको अस्पतालमा लगे । तर कसैले उपचार गरेन । सुरेशका अनुसार यसपछि धेरै मानिसहरू त्यहाँ जम्मा भए र लास जलाउन दबाब दिन थाले ।
स्थानीय देवेन्द्रकुमार साहले लाशलाई छिट्टै जलाउन दबाब दिए । उनले यदि लाश नजलाएना छोरासहित आफूलाई पनि मार्ने धम्की दिए । उनले परिवारलाई मारेर नेपालमा दिने धम्की दिएका थिए । यस पछि एउटा सादा कागजमा औंठाछाप गराइयो । रातको बाह्र बजे पोखर रोडमा सडकको छेउमा उनीहरुले नुन र चिनी लगाएर शरीर जलाइदिए । त्यसपछि सुरेशलाई नेपालतर्फ लखेटे ।
२१ जनवरीमा फआईआर दर्ता गरियो । उक्त घटनामा ११ जनालाई अभियुक्त बनाइएको छ । जसमध्ये चार अभियुक्त विनय साह, दीपक कुमार साह, रमेश साह, देवेन्द्रकुमार साहलाई सामूहिक बलात्कार र हत्याको आरोप लगाइएको छ । उही समयमा जमिन्दार सियाराम साह लगायत अन्य जनालाई लास जलाएर जबरजस्ती प्रमाणहरू जलाएको आरोप लगाइएको छ ।




प्रतिक्रिया