वैशाख १७ गते ४० र २७ गते ३७ जिल्लामा निर्वाचन गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय

वैशाख १७ गते ४० र २७ गते ३७ जिल्लामा निर्वाचन गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले पहिलो र दोस्रो चरणमा निर्वाचन गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गत वैशाख १७ र २७ गते सात वटा प्रदेशमा दुई चरणमा निर्वाचन गर्ने निर्णय गरेको हो ।

पहिलो चरण अर्थात वैशाख १७ गते ४० जिल्लामा निर्वाचन हुनेछ भने २७ गते ३७ वटा जिल्लामा निर्वाचन हुने सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए ।

जसअनुसार वैशाख १७ प्रदेश नम्बर २, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश र दोस्रो चरण अर्थात वैशाख २७ गते प्रदेश १, वागमती र कर्णालीमा हुनेछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेर मध्यावधी निर्वाचनमा जाने निर्णय गरेका थिए ।