३३ किलो सुन प्रकरणः होटल मनाङका सञ्चालक भुजुङका चालक पक्राउ

३३ किलो सुन प्रकरणः होटल मनाङका सञ्चालक भुजुङका चालक पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ –  सुन तस्करीको संगठित अपराधको अनुसन्धान गरिरहेको सरकारी समितिले राप्रपा नेता तथा होटल मनाङका सञ्चालक भुजुङ गुरुङका चालक लक्ष्य भनिने फुल्दुङ गुरुङलाई नियन्त्रणमा लिएको छ ।

साढे ३३ किलो सुन गायब र सनम शाक्य हत्या प्रकराणमा पक्राउ परेका भुजुङको सवारीचालक रहेका लक्ष्यको सुन लुटपाटमा संलग्नता हुनसक्ने आशंका गरिएकाेले उनलार्इ पक्राउ गरिएकाे हाे ।

समितिले अहिले उनीसँग सोधपुछ गरिरहेको छ । समितिको दोस्रो चरणको अनुसन्धानमा लक्ष्य पक्राउ पर्ने पहिलो व्यक्ति हुन् ।