राष्ट्रपति भेट्न प्रधानमन्त्री अ‍ोली शीतल निवास पुगे, निर्वाचन कार्यतालिकाबारे ब्रिफिङ

राष्ट्रपति भेट्न प्रधानमन्त्री अ‍ोली शीतल निवास पुगे, निर्वाचन कार्यतालिकाबारे ब्रिफिङ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ ।

मंगलबार निर्वाचन आयोगसँगको छलफलपछि प्रधानमन्त्री ओली राष्ट्रपति भेट्न शीतल निवास गएका थिए । आयोगसँग आगामी निर्वाचनबारे छलफल गरेका प्रधानमन्त्री ओली राष्ट्रपति निवास पुगेका हुन् ।

उनले राष्ट्रपतिलाई निर्वाचन कार्यतालिका र आयोगसँग भएको छलफलबारे ब्रिफिङ गरेको स्रोतले जानकारी दियो ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गत वैशाख १७ र २७ गते सात वटा प्रदेशमा दुई चरणमा निर्वाचन गर्ने निर्णय गरेको थियो । वैशाख १७ गते ४० जिल्लामा निर्वाचन हुनेछ भने २७ गते ३७ वटा जिल्लामा निर्वाचन हुनेछ ।

जसअनुसार वैशाख १७ प्रदेश नम्बर २, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश र दोस्रो चरण अर्थात वैशाख २७ गते प्रदेश १, वागमती र कर्णालीमा हुनेछ ।