कठमाण्डु – सानिमा बैंकले काठमाण्डुको टोखामा बैंकिङ्ग सेवा विस्तार गरेको छ । मंगलबार काठमाण्डुको टोखा‐६ ग्रान्डि हस्पिटल नजिकैमा, बैंक कार्यालय स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको हो ।
उक्त कार्यालयको समुद्घाटन् ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) द्वारा भयो । समुद्घाटन् समारोहमा मह जोडीले टोखामा सानिमा बैंकको कार्यालय संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे ।
त्यसैगरी सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दहालज्यूद्वारा बैंकका ग्राहक तथा सरोकार वालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे । सानिमा बैंकको सातै प्रदेशमा हाल ८६ वटा शाखा, १६ विस्तारित काउन्टरर ९० वटा एटिएम संचालनमा रहेका छन् ।




प्रतिक्रिया