निर्वाचन आयोगमा प्रधानमन्त्रीले भनेः नेकपामा मेरो बाहेक अरुको हस्ताक्षर चलेको छैन

निर्वाचन आयोगमा प्रधानमन्त्रीले भनेः नेकपामा मेरो बाहेक अरुको हस्ताक्षर चलेको छैन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगसमक्ष पार्टीको आधिकारिकताबारे दाबी गरेका छन् ।

मंगलबार निर्वाचन आयोग पुगेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री अ‍ोलीले पार्टीको नाम र चुनाव चिन्हबारे दाबी पेश गरेका हुन् ।

पुस ५ गतेअघि नेकपाभित्र कुनै विवाद नरहेको बताउँदै उनले त्यसपछिको विवादमा आयोग प्रवेश गर्न नमिल्ने बताए ।

प्रधानमन्त्री ओलीले पुस ५ गतेको पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समूहले बोलाएको बैठक अवैधानिक भएको बताए । उनले आफू नै नेकपाको पहिलो अध्यक्ष भएकाले एकल हस्ताक्षर मान्य हुने जिकिर गरेका थिए ।

उनले भने, ‘निर्वाचनको अवधिमा दलभित्रको विवादमा आयोग प्रवेश गर्न मिल्दैन । उपनिर्वाचन र राष्ट्रियसभाको निर्वाचनमा मेरो एकल हस्ताक्षरमा उम्मेद्वार सिफारिस भए अरुको अस्ताक्षर आयोगले चिन्दैन । नेकपामा मेरो बाहेक अरुको हस्ताक्षर चलेको छैन् । कहिलेकाँही मेरोसँगै पुष्पकमल दाहालको पनि चलेको छ ।

त्यस्तै उनले माधव नेपाल र बलाराम उपाध्यायले हँसिया र मकैको घोगा चुनाव चिह्न दर्ता गराएको बताए । प्रधानमत्री अ‍ोलीले पार्टीबाट केही मान्छे बाहिरएपछि केन्द्रीय कार्यालय धुम्बाराहीमा भाडामा चलेको र प्रचण्ड–माधव नेपालको पार्टी कार्यालय पेरिसडाँडामा रहेको बताए ।

‘देशको प्रमुख पार्टीकोे अध्यक्ष दलविहीन र स्वतन्त्र हुन्छ ? यो कुन कानून र तर्कका आधारमा सम्भव छ ?’, उनले भने, ‘पुस ५ गतेपछि नेकपामा मेरो हस्ताक्षरबिना कसैले कुनै निर्णय गरेर आयौं भन्छ भने त्यो जालझेल र राजनीतिमा मात्र हो ।

त्यस्तै प्रमुुख निर्वाचन आयुुक्त दिनेशकुुमार थपलियाले उनलाई निर्वाचनको तयारी, शान्ति सुरक्षा र बजेटलगायत समग्र वस्तुुस्थितिबारे अवगत गराएका थिए । सरकारले आगामी वैशाख १७ र २७ गते दुुई चरणमा चुुनाव गर्ने गरी पुस ५ गते नै निर्वाचनको मिति घोषणा गरेको थियो ।

आगामी प्रतिनिधिसभा निर्वाचनका सन्दर्भमा आयोगले गरिरहेको तयारीबारे जानकारी लिन प्रधानमन्त्री गएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले प्रमुख आयुुक्तसहितका आयुुक्तसँग निर्वाचनको तयारीबारे छलफल गरेको र आयोगले गरिरहेको तयारी सन्तोषजनक रहेको भनी धन्यवाद ज्ञापन गरेको उनले बताए ।

निर्वाचनको कामलाई निरन्तर अघि बढाउन आयोग पदाधिकारीलाई सुुझाव दिँदै प्रधानमन्त्री ओलीले सोका लागि सबै प्रकारका स्रोतसाधन उपलब्ध हुुने तथा कुनै कमी हुन नदिइने विश्वास दिलाएका थिए ।

सो अवसरमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)विवाद सम्बन्धमा प्रमुख निर्वाचन आयुुक्त थपलियाले यही माघ ११ गते एउटा निर्णय दिइसकेकामा माघ २० गते अर्को निवेदन पनि प्राप्त भएको जानकारी गराएका थिए ।

प्रधानमन्त्री ओलीले त्यस विषयमा निर्वाचन कानून, हिजोका अभ्यासलगायत धेरै विषयका सन्दर्भमा जानकारी राख्दै जिज्ञासा माग गरेका थिए । प्रधानमन्त्री ओलीले मूूलतः निर्वाचनको तयारी सम्बन्धमा नै आयोगले गरिरहेको कामको जानकारी लिनका निम्ति गएकाले त्यसमा नै केन्द्रित रहेर छलफल भएको सल्लाहकार थापाले स्पष्ट पारे ।

प्रधानमन्त्रीका साथ उपप्रधानमन्त्री, अर्थमन्त्री, कानून, न्याय तथा संसदीय मामिलामन्त्री तथा दलका तर्फबाट निर्वाचनसम्बन्धी जिम्मेवारी र सम्पर्क तोकिएका पूर्वसभामुख सुुवास नेम्वाङलगायत नेकपाका नेता आयोग पुुगेका थिए ।