प्रहरीको रासन भत्ता तत्काल वृद्धि हुन्छः गृहमन्त्री बादल

प्रहरीको रासन भत्ता तत्काल वृद्धि हुन्छः गृहमन्त्री बादल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गृहमन्त्री रामबहादुर थापा बादलले मुल्यवृद्धि अनुरुव नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको रासनभत्ता तत्काल बढाईने बताएका छन् । रासनभत्ताका पुनरावलोकन सम्बन्धमा गृहमन्त्रालयका सहसचिव थानेश्वर गौतमको नेतृत्वमा बनेको कार्यदलले तयार पारेको प्रतिवेदन आज गृहमन्त्रालयमा ग्रहणगर्दै गृहमन्त्री थापाले प्रतिवेदनको सिफारिस अनुसार तत्काल रासनभत्ता वृद्धिका लागि आफुले प्रक्रिया अगाडि बढाउने बताए ।

उनले आर्थिक वृद्धि र समृद्धिका लागि शान्ति सुरक्षा अनिवार्य शर्त रहेको र त्यस्तो शान्तिसुरक्षा कायमगर्न महत्त्वपूर्ण योगदान गर्ने सुरक्षाकर्मीको मनोबल बढाउन पनि भत्ता वृद्धि गरिने बताए । लामो समय भत्ता वृद्धि रोकिने अवस्थाको अन्त्य गरी प्रत्येक वर्ष स्वतः भत्ता पुनरावलोकन हुनेगरी गृहमन्त्रालयले समिति बनाउने गृहमन्त्रीले प्रतिवद्धता व्यक्त गरे । पछिल्लो ६ वर्षदेखि सुरक्षाकर्मीको रासनभत्ता वृद्धि हुन सकेको छैन ।

सहसचिव गौतम नेतृत्वको कार्यदलले पछिल्लो ६ वर्षमा खाद्दान्नमा सरदर ३३ प्रतिशत मुल्यवृद्धि भएको निश्कर्ष निकाल्दै मुल्यवृद्धि र सरकारको वित्तीय स्रोतको उपलब्धताहेरी उपयुक्तमात्रामा रासन भत्ता वृद्धि गर्न सिफारिस गरेको हो । कार्यक्रममा गृहसचिव, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका महानिरीक्षकको समेत उपस्थिति रहेको थियो ।