टाइगर श्रोफमाथि गोली प्रहार : चालक घाइते भएपछि आफैँले गाडी चलाएर लगे अस्पताल

टाइगर श्रोफमाथि गोली प्रहार : चालक घाइते भएपछि आफैँले गाडी चलाएर लगे अस्पताल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई- आइतबार साँझ मुम्बईमा अभिनेता टाइगर श्रोफको गाडीमाथि गोली प्रहार भएको छ। घटनामा उनका चालक र अर्का एक व्यक्ति घाइते भएका छन्।

प्रहरीका अनुसार टाइगर सुरक्षित छन्। उनको सुरक्षा व्यवस्था बढाइएको छ। घटनाका चार भिडियो सार्वजनिक भएका छन्।

आइतबार साँझ करिब ७ बजे टाइगर सवार गाडी जुहुको पुष्पा पार्क पुगेको थियो। टाइगर अगाडिको सिटमा थिए भने चालकले गाडी चलाइरहेका थिए। त्यही बेला गोली प्रहार सुरु भयो।

आक्रमणकारीले टाइगर श्रोफको गाडीलाई लक्षित गरी पाँच राउन्ड गोली चलाए। अचानक गोली चलेपछि त्यहाँ भागदौड मच्चियो।

गोली प्रहारका क्रममा टाइगरका चालक घाइते भएर तत्कालै बाहिर निस्किए। त्यसपछि गाडी चलाउने जिम्मेवारी टाइगरले आफैँ लिए।

चालक गाडीबाट बाहिरिएपछि टाइगर अगाडिको सिटबाट चालकको सिटमा सरे। उनले स्टेयरिङ सम्हालेर गाडी त्यहाँबाट लगे।

आइतबार साँझ ७ बजेतिर भएको घटनामा टाइगरलाई सिसाका टुक्रा लागेको छ। बारुदका कारण हात जलेको बताइएको छ। उनका चालक र अर्का एक व्यक्तिलाई गोली लागेको थियो। दुवैको अवस्था खतरामुक्त रहेको जनाइएको छ।

टाइगर फुटबल खेलेर फर्किंदै गर्दा उनको गाडी जुहुको पुष्पा पार्कनजिक रोकिएको थियो। उनलाई हेर्न भीड जम्मा भएको थियो।

त्यही बेला मोटरसाइकलमा आएका तीन जनाले गाडीमाथि पाँच राउन्ड गोली चलाएको खबरमा उल्लेख छ। घटना जुहु प्रहरी चौकीबाट करिब ३५० मिटर दूरीमा भएको बताइएको छ।

आक्रमणपछि सामाजिक सञ्जालमा एउटा पोस्ट र अडियो भाइरल भएका छन्। पोस्टमा लरेन्स समूहका अनिल पण्डितले गोली प्रहारको जिम्मेवारी लिएको दाबी गरिएको छ। पोस्टमा सलमान खानसँग काम गर्ने व्यक्तिको यस्तै अवस्था हुने धम्की दिइएको छ।

अडियोमा अनिल पण्डित भएको दाबी गर्ने व्यक्तिले सलमान र उनको परिवारलाई पनि धम्की दिइको छ। उनीहरूले जति नै सुरक्षा लिए पनि परिवारलाई सखाप पार्ने धम्की अडियोमा सुनिएको खबरमा उल्लेख छ।