रिहा भएपछि रामकुमारीको चेतावनीः प्रतिगमनको अन्तिम धक्का लगाउँछौं

रिहा भएपछि रामकुमारीको चेतावनीः प्रतिगमनको अन्तिम धक्का लगाउँछौं

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहकी नेतृ रामकुमारी झाँक्री आफूमाथि राजनीतिक ह्यार्यासमेन्ट भएको बताएकी छन् ।

बिहीबार साँझ रिहा भएपछि नेतृ झाँक्रीले दबाबका अगाडि प्रतिमगन झुक्ने प्रक्रिया सुरु भएको बताइन् । उनले प्रतिगमनको अन्तिम धक्का लगाउने चेतावनी दिँदै प्रतिगमन हार्ने बताइन् ।

‘हामीहरु जित्दैछौं । यहाँ कुनै सर्तनामाको कुरा होइन म बिनासर्त यहाँबाट निस्किएको छु’, उनले भनिन्, ‘हामी प्रतिगमनको अन्तिम धक्का लगाउँदैछौं । प्रतिगमन हार्दैछ ।’

उनले प्रधानमन्त्री केपी शर्मा ओली र उनको शासनमा रहेका भजन मण्डलीहरुको पतनको बाटो निश्चित रहेको बताइन् ।
‘जब तानाशाह ढल्दै गर्छ तानाशाहको सम्पूर्ण साख सिद्धिन्छ त्यसले राज्यशक्तिको दुरुपयोग गरेर अग्लाअग्ला शालिकहरु अथवा बुख्याचाहरु ठाढो पार्नेगर्छ आज प्रधानमन्त्री खड्गप्रसाद ओली र उनको शासनमा रहेका भजन मण्डलीहरुले जे गरिरहेका छन् तिनिहरुको पतनको बाटो निश्चित छ । हामी जित्दैछौं संसदको पुनःस्थापनापछि संविधानलाई सही ट्र्याकमा ल्याउनेछौं’, उनले भनिन् ।

उनले सञ्चारकर्मी, प्रहरी, मानव अधिकारकर्मी, कार्यकर्ताहरु सबैलाई धन्यवाद दिएकी छन् ।