काठमाण्डु– नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत ५ कम्पनीको हकप्रद सेयर आउने भएको छ । उनिहरुको हकप्रद चांडै जारी गर्ने तयारी छ ।
हकप्रद सेयर जारी गर्नेमा चार वटा जलविद्युत कम्पनी र एउटा विकास बैंक रहेको छ । ङादी हाइड्रोपावर, बरुण हाइड्रोपावर, अरुण भ्याली हाइड्रोपावर, हाइड्रोइलेक्ट्रिसिटी एन्ड डेभलपमेन्ट कम्पनी र कर्पोरेट डेभलपमेन्ट बैंकको हकप्रद पाइपलाइनमा रहेको नेपाल धितोपत्र बोर्डले जनाएको छ।
यी पांच ५ कम्पनीले १२ करोड २३ लाख ९९ हजार ३६१.४० कित्ताबराबरको १२ अर्ब २३ करोड ९९ लाख ३६ हजार १४० रुपैयांको हकप्रद सेयर जारी गर्दैछन् ।





प्रतिक्रिया