भागरथीका हत्यारालाई न्यायको कठघरामा उभ्याउन काँग्रेस सदस्य सङ्गौलाको माग

भागरथीका हत्यारालाई न्यायको कठघरामा उभ्याउन काँग्रेस सदस्य सङ्गौलाको माग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. डिला सङ्गौलाले भागरथी भट्टका हत्यारालाई न्यायको कठघरामा उभ्याउन माग गरेकी छन् । उनले शनिबार एक विज्ञप्ति जारी गरी बैतडी दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भट्टको बलात्कारपछि गरिएको हत्याले मानव जातिलाई नै स्तब्ध बनाएको भन्दै हत्यारालाई तत्काल पक्राउ गर्न आग्रह गरेकी हुन् ।

देशमा महिलामाथि दिनानुदिन हुने बलात्कार र हत्याको दुःखद् घडीमा महिला जागरुक बनेर सम्बद्ध निकायको ढोका घच्घच्याउँदै सरकार र समाजलाई खबरदारी गर्नुपर्ने उनको भनाइ छ । उनले यस घटनाका बारेमा प्रधानमन्त्रीबाट आम नागरिकको चासो र चिन्तालाई सम्बोधन गरी सम्बन्धित निकायलाई तुरुन्तै कडाभन्दा कडा कारवाहीका लागि निर्देशन गर्न अनुरोधसमेत गरेकी छिन् ।

डा सङ्ग्रौलाले सुदूरपश्चिम प्रदेश सरकारलाई तत्काल उच्चस्तरीय छानबिन समिति गठन गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाउन आग्रहसमेत गरेकी छिन् ।