खोप खरिदमा समस्या हुँदैन, निर्धक्क भएर लगाऔंः स्वास्थ्य राज्यमन्त्री रावत

खोप खरिदमा समस्या हुँदैन, निर्धक्क भएर लगाऔंः स्वास्थ्य राज्यमन्त्री रावत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले सरकार कोरोना महामारी नियन्त्रण गर्न सफल भएको दाबी गरेका छन् ।

सोमबार स्वास्थ्य पत्रकार मञ्च नेपालले आयोजना गरेको कोभिड–१९ को महामारी र कोभिसिल्ड खोपको प्रभावकारिता विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै राज्यमन्त्री रावतले विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी छोटो समयमा नियन्त्रण गर्न सरकरा सफल भएको दाबी गरे ।

उनले सरकारले कोरोना भाइरस संक्रमणलाई तिनै तहका सरकार मिलेर नियन्त्रणमा लिएको दाबी गरे । राज्यमन्त्री रावतले सरकारले गरेका राम्रा कामहरुको समर्थन नभएको बताउँदै सरकारले निर्धारण गरेको समय अगावै कोरोनाको खोप ल्याउन सफल भएको दाबी गरे ।

‘सरकारको विरोध गर्नेको कमी भएन । हामीले तोकिएको समयभन्दा एक महिना अगावै खोप ल्याएका छौं । सरकार सम्पूर्ण रुपमा सफल भयो । अग्रपंक्तिमा कानून निर्माण, भौतिक, सुरुङ, रेलमार्ग निर्माणको काम साकार हुँदैछ’, उनले भने ।

त्यस्तै उनले २ करोड १६ लाख जनसंख्यालाई कोरोनाको खोप दिने तयारी भइरहेको जानकारी दिए । उनले भारतले वितरणको गरेको खोप निर्धक्क भएर लगाउन पनि सबै नागरिकहरुलाई अपिल गरेका छन् । राज्यमन्त्री रावतले भारतसँग खोप खरिद प्रक्रिया अगाडि बढिरहेको बताउँदै खरिदमा समस्या नहुने बताए ।

त्यस्तै उनले केपी शर्मा ओली नेतृत्वको सरकार भन्दा अर्को उत्तम शासन व्यवस्था ल्याउन कठिन रहेको बताए । उनले पुष्पकमल दाहाल प्रचण्ड–माधव नेपाल समूह सडकमा मनको बह पोख्दै हिँडिरहेको बताए ।

‘उहाँहरु सूर्य चिह्न र झण्डा लिएर सकडमा जानुभयो । मनका बह उहाँहरुले सडकमा पोखिरहनु भएको छ’, उनले भने ।