संसद प्रधानमन्त्रीको नोकर हुँदैन, संसदको आफ्नै ओरिजिन हुन्छः शम्भु थापा

संसद प्रधानमन्त्रीको नोकर हुँदैन, संसदको आफ्नै ओरिजिन हुन्छः शम्भु थापा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – वरिष्ठ अधिवक्ता शम्भु थापाले संसद् प्रधानमन्त्री केपी शर्मा ओलीले नोकर सम्झिएको बताएका छन् ।

सोमबार संवैधानिक इजलासमा जवाफी बहस गर्दै अधिवक्ता थापाले संसद् विघटनको अधिकार कुनै पनि प्रधानमन्त्रीलाई नभएकाले संसदलाई नोकर सम्झिएको बताएका छन् ।

उनले कतिपय देशमा प्रधानमन्त्रीलाई र कतिपयमा राष्ट्रपतिलाई विशेषाधिकार भएपनि हाम्रोमा दुवैलाई विशेषाधिकार नभएको बताए ।

थापाले भने, ‘प्रधानमन्त्रीको नोकर संसद हुदैन । संसदको आफ्नै ओरिजिन हुन्छ । प्रधानमन्त्रीले घुमाउन सक्दैनन् । प्रधानमन्त्री दिन सकेन भने संसद् आफैं विघटन हुन्छ । कुनै पनि धाराअनुसार बन्ने प्रधानमन्त्रीलाई विघटनको अधिकार छैन ।’