बलात्कारको घटनामा अष्ट्रेलियाका प्रधानमन्त्रीले संसदमा मागे माफी

बलात्कारको घटनामा अष्ट्रेलियाका प्रधानमन्त्रीले संसदमा मागे माफी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले अष्ट्रेलियाली संसदमा काम गर्ने महिलासँग माफी मागेका छन् । महिलाले संसद भवनमा एक अज्ञात व्यक्तिले बलात्कार गरेको आरोप लगाएकी छिन् । प्रधानमन्त्रीले पनि यस विषयमा छानबिन गर्न निर्देशन दिएका छन् ।

२६ वर्षीया महिलाले आफूलाई २०१९ को मार्चमा रक्षामन्त्री लिन्डा रेनल्ड्सको कार्यालयमा बलात्कार गरेको आरोप लगाएकी छन् । दोषी मोरिसनको सत्तारुढ लिबरल पार्टीको वरिष्ठ कार्यकर्ता भएको बताइएको छ ।

स्थानीय मिडियासँग कुरा गर्दै ती महिलाले भनिन्, ‘मैले २०१९ अप्रिलमा यसबारे प्रहरीहरूसँग कुरा गरें तर मेरो जागिरको चिन्ता गर्दै निर्णय गरें कि मैले पहिले अफिसमा रिपोर्ट गर्नु पर्छ । मलाई डर थियो कि मेरो जागिर जान सक्छ ।’

स्थानीय प्रहरीले ती महिलामािथ बलात्कार भएको पुष्टि गरेको छ । उनीहरूले पुलिस केस दर्ता गरेका छैनन् तर अफिसमा आधिकारिक रूपमा रिपोर्ट गर्ने निर्णय गरेका थिए ।

अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले उक्त महिलासँग आधिकारिक रूपमा माफी मागेका छन् र यसको छानबिनको निर्देशन दिएका छन् ।

‘पहिलो यो कुरा भएको भए राम्रो हुन्थ्यो । तर जे भयो त्यसको लागि माफी चाहन्छु । हामी यो सुनिश्चित गर्न चाहन्छौं कि महिलाहरू काम गर्ने ठाउँमा सुरक्षित छन् र उनीहरू आफ्नो सुरक्षाको लागि प्रणालीमा विश्वास गर्छन् । यो विचलित गर्ने कुरा हो कि आज पनि एउटी आइमाईले यस्तो अवस्थाको सामना गर्नुपर्‍यो,’ उनले भने ।