काठमाण्डु – काठमाण्डु जिल्ला अदालतमा दुई कर्मचारीबीच कुटाकुट भएको छ । आदेशमा सही गर्ने विषयमा अदालतका दुई कर्मचारीबीच सोमबार कार्यालयमै कुटाकुट भएको हो ।
न्यायाधीश प्रकाशचन्द्र अधिकारीकै सामुन्ने १४ नम्बर इजलासमा अदालतका इजलास अधिकृत गोकर्ण शर्मा र नायब सुब्बा नेत्रप्रसाद बाँस्तोलाबीच कुटाकुट भएको हो ।
नासु बाँस्तोलाले अधिकृत शर्माको नाकबाट रगत आउने गरी कुटेका छन् । नाकबाट रगत आएपछि अधिकृत शर्मा उपचारका लागि ट्रमा सेन्टर पुगेका थिए ।
अदालतका श्रेस्तेदार भीमप्रसाद निरौलाले कार्यकक्षमै ,कुटपिटमा उत्रिएपछि कारबाही प्रक्रिया अगाडि बढाउने विषयमा छलफल भइरहेको जानकारी दिए ।




प्रतिक्रिया