वरिष्ठ अधिवक्ता बद्री कार्कीले भने : पाँच जना श्रीमानलाई गम्भीर जिम्मेवारी आइपर्‍यो

वरिष्ठ अधिवक्ता बद्री कार्कीले भने : पाँच जना श्रीमानलाई गम्भीर जिम्मेवारी आइपर्‍यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सुनुवाई गर्दै वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले न्यायाधीशहरुमाथि गम्भीर जिम्मेवारी आइपरेको बताएका छन् ।

मंगलबार एमिकस क्युरीकोतर्फबाट बहस गर्दै वरिष्ठ अधिवक्ता कार्कीले सत्तारुढ दलकै एक पक्ष संविधान संकट परेको भन्दै आन्दोलनमा रहेको भन्दै संविधानलाई दुर्घटनाबाट बचाउन न्यायाधीशहरुले भूमिका खेल्नुपर्ने बताए ।

‘संविधान संकटमा परेको छ । तपाईंहरू पाँच जना श्रीमानलाई गम्भीर र ठूलो जिम्मेवारी आइपरेको छ । श्रीमानहरु अलमलिनु पर्ने अवस्थै छैन,’ उनले भने । हाम्रो संविधानमा अन्तिममा पार्लियामेन्ट सिस्टम लेखियो । संविधानको धारा ७४ मा बहुलवादमा आधारित संसदीय व्यावस्था लेखियो । हाम्रा अरु फिचर पनि संसदीय नै छन् । यसमा अलमलिनु पर्ने कुनै कारण छैन ।’

वरिष्ठ अधिवक्ता कार्कीले बक्सिङ त नियम नमानेर खेल्न नमिल्दैन बताउँदै डेमोक्रेसीमा झन् नियम नमानेर हुन्छ ? भन्दै प्रश्न गरेका थिए ।