आरआर क्याम्पसमा ओली र प्रचण्ड–नेपाल समूहका विद्यार्थीबीच झडप

आरआर क्याम्पसमा ओली र प्रचण्ड–नेपाल समूहका विद्यार्थीबीच झडप

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पसमा नेकपाका दुई समूहबीच झडप भएको छ । नेकपा केपी शर्मा ओली र प्रचण्ड–माधव नेपाल समूहका विद्यार्थीबीच झडप भएको हो ।

मंगलबार क्याम्पस परिसरमा ओली समूहले प्रचण्ड–नेपाल समूहका विद्यार्थीमाथि आक्रमण गरेको प्रहरीले जनाएको छ । झडपबाट मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । अहिले क्याम्पस परिसरमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।