काठमाण्डु – नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । बुधबार दिउँसो २ बजे बस्ने गरी बैठक बोलाइएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
बैठकमा केन्द्रीय महाधिवेशनको मिति परिमार्जन गरी नयाँ मिति तय गर्ने विषयमा छलफल हुने उनले बताए । कांग्रेसले २०७७ फागुन ७ देखि १० गते सम्मका लागि चौधौं महाधिवेशन आह्वान गरेको थियो । तर, तोकिएको मितिमा महाधिवेशन नभएपछि भोलीको बैठकले अर्को मिति तोक्नेछ ।
बैठकमा पार्टीको आन्तरिक जीवन, क्रियाशिल सदस्यता वितरण लगायतको विषयमा भएको प्रगतिको सम्बन्धमा पनि छलफल हुनेछ ।




प्रतिक्रिया