सपना मगरलाई धम्की दिने विनयजंग बस्नेत पक्राउ

सपना मगरलाई धम्की दिने विनयजंग बस्नेत पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सपना रोका मगरलाई धम्की दिने विनयजंग बस्नेत पक्राउ परेका छन् ।

बिबिसीको प्रभावशाली महिलाको सूचीमा परेकी १८ वर्षीया मगरले आफूलाई बस्नेतले अश्लील तस्बीर सार्वजनिक गर्ने धम्की दिएपछि महानगरीय प्रहरी परिसर, काठमाण्डुमा अभद्र व्यवहारको मुद्दा जाहेरी दिएकी थिइन् ।

प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)अशोक सिंहले बस्नेतलाई गोंगबुबाट पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेका बस्नेतमाथि थप अनुसन्धान भइरहेको जानकारी दिए ।

यसअघि सपना र बस्नेत बाबु–छोरी भन्दै सँगै मिलेर बेवारिसे शव जलाउने काम थालेका थिए । म्याग्दीबाट काठमाण्डु आएकी सपना बस्नेतसँगै बस्थिन् । सोही क्रममा उनीहरूबीच तिक्तता आएको थियो ।