काठमाण्डु – सरकारले भारतसँग २० लाख डोज कोरोना खोप खरिद गर्ने बाटो खोलेको छ । मन्त्रिपरिषद्को बैठकले भारतसँग प्रति भ्याक्सिन ४ डलरका दरले २० लाख डोज कोभिसिल्ड भ्याक्सिन खरिदका लागि रकम उपलब्ध गराउने निर्णय गरेसँगै खोप खरिदका लागि बाटो खुलेको हो ।
मंगलबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले कोभिसिल्ड खोप खरिद गर्न आवश्यक पर्ने अग्रिम भुक्तानी दिने निर्णय गरेसँगै खोप खरिद गर्ने बाटो खुला भएको स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले जानकारी दिए ।
भारतको सिरम इन्स्टिच्यूटले अग्रिम भुक्तानी दिए मात्रै खोप उपलब्ध गराउने अडान लिएपछि रकम अभावमा खरिद प्रक्रिया अघि बढ्न सकेको थिएन । सिरमको खोप प्रतिडोज चार डलर पर्छ ।




प्रतिक्रिया