आज तपाईँको दिन कस्तो रहनेछ ? यसो भन्छ राशिफल

आज तपाईँको दिन कस्तो रहनेछ ? यसो भन्छ राशिफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – वि.सं. २०७७ साल फागुन ०५ गते । बुधबार । इस्वी सन् २०२१ फेब्रुअरी १७ तारिख । नेपाल संवत् ११४१ । काठमाण्डुमा सूर्योदय बिहान ०६ बजेर ४२ मिनेटमा, सूर्यास्त बेलुकी ०५ बजेर ५५ मिनेटमा ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सानो प्रयत्नले ठूलो काम बन्ने हुँदा आर्थिक रुपमा सबल होइनेछ । प्रेम प्रसङ्गमा रमाउन चाहानेहरुका लागि दिनले साथ दिने हुँदा मीठा मीठा कुरा गरी समय व्यातित गर्न सकिनेछ ।

बृष (ई, ऊ, ए, ओ, वा, वी, वु, वे, वो) व्यापार व्यावसायमा वैदेशिक क्षेत्रसँग सम्बन्धित कारोबार फस्टाएर जानेछ । परिवार तथा आफन्तजन तपाईंदेखि टाढिनेछन् । माया प्रेममा धोका हुनेछ ।

मिथुन (का, की, कु, घ, ङ, छ, के, को, हा)  सरकारी धन तथा पैत्रिक सम्पत्तिको प्रयोगमार्फत मनग्य आम्दानी गर्न सकिनेछ ।  चाहेको वस्तु तथा मनोकामनाहरु पूरा हुनाले मन प्रफुल्लित हुनेछ ।

कर्कट (ही, हु, हे, हो, डा, डी, डु, डे, डो) राजनीति तथा समाज सेवामा समय दिनेहरुले राज्यबाट पद प्रतिष्ठा पाउने ग्रहयोग रहेको छ । व्यापढाइलेखाइमा प्रतिस्पर्धीहरुलाई किनारा लगाउँदै प्रगति पथमा अगाडि बढ्न सकिनेछ ।

सिंह (मा, मी, मु, मे, मो, टा, टी, टु, टे) प्रणय सम्बन्धमा आत्मीयताको विकास हुनेछ भने घरपरिवारमा सबैसँग सौहार्दपूर्ण सम्बन्ध स्थापना गर्न सकिनेछ । धर्मकर्ममा समय दिन सकिने हुनाले मन शान्त रहनेछ ।

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो)  स्वास्थ्यमा समस्या आई औषधि खर्च बढ्ने योग रहेको छ । कार्यक्षेत्रमा आउने विवादले दैनिक काममा समस्या निम्तिनेछ । माया प्रेममा एकअर्काबीच अविश्वास बढ्ने योग रहेको छ ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तु, ते) सवारी साधन तथा भौतिक सम्पत्ति हात लागि हुनेछ भने विलासी वस्तुहरुको प्रयोगमार्फत अरुको मन आफूतिर आकर्षित गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिने हुँदा मन प्रसन्न रहनेछ ।

बृश्चिक (तो, ना, नी, नु, ने, नो, या, यी, यु) काम गर्ने सवालमा आलोचनाको शिकार हुँदा मन खिन्न हुनेछ । व्यापारमा लगानी गरे पनि आम्दानी कम हुने हुनाले दैनिकी प्रभावित हुनेछ । पढाइ लेखाइमा मन नजाने हुनाले अरुभन्दा पछिपरिनेछ ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)  आकस्मिक धन तथा सम्पत्ति हातलागि हुने योग रहेको छ । व्यापार व्यावसायमा लगानी बढाई मनग्य लाभ लिन सकिनेछ भने सेयर बजारमा गरिएको लगानी फस्टाएर जानेछ । प्रेम प्रसङ्गमा रमाउने समय रहेको छ भने पतिपत्नीबीच मायाको डोरो कसिलो भएर जानेछ ।

मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी) आम्दानीका स्रोतहरु फराकिला पार्दै तत्काल नयाँ व्यावसाय थालनी गर्न सकिनेछ । पढाइ लेखाइमा अरुलाई किनारा लगाउँदै स्कुल तथा कलेजमा छुट्टै पहिचान बनाउन सकिनेछ । माया प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ ।

कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा)  दाजुभाइ तथा आफन्तको सहयोगमा व्यापारमा लगानी गरी प्रसस्त आम्दानी गर्न सकिनेछ । माया प्रेमको डोरो कसिएर जानेछ भने जीवन साथीको सम्बन्ध थप प्रगाढ भएर जानेछ ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)  पढाइ लेखाइमा समय दिए पनि चाहेजस्तो सफलता प्राप्त नहुँदा मन खिन्न हुनेछ । आमा वा आमा सरहका मानिसबाट टाडिएर लामो दूरीको यात्रा हुने अत्यधिक सम्भावना रहेको छ ।