काठमाण्डु – चिकित्सकहरुले बिरामी जाँचे बापत पाउने परामर्श शुल्क(कन्सल्टेसन फी) पुनरावलोकन भएको छ । शुल्क बढेसँगै बिरामीले चिकित्सकहरुलाई नेपाल चिकित्सक संघले तोकेको मूल्य तिर्नुपर्ने भएको छ ।
एसोससिएसन अफ प्राइभेट हेल्च इन्ष्टिच्युसन नेपाल (अफिन)का अध्यक्ष वसन्त चौधरी र नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले बुधबार एक विज्ञप्ति जारी गर्दै शुल्क सिफारिस गर्न गठित समितिको प्रतिवेदनअनुसार नै शुल्क पुनरावलोकन गरिएको बताएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयल र स्वास्थ्य क्षेत्रमा क्रियाशित ट्रेड युनियन तथा पेशागत संघ संगठनहरुको संयुक्त संघर्ष समितिबीच माघ ४ गते भएको सम्झौताअनुसार फागुन ४ गतेबाट लागू हुनेगरी शुल्क पुनरावलोकन भएको हो ।
जसअनुसार एमबिबिएस/बिडिएसको ३५० र ४५०, डिप्लोमाहरुले ५१५ र ५९०, एमडी/एमएसएडिएसले ६६० र ७००, डिएम/एमसिएच ७७०, डिएम/ एसिएच र एमडी/एमएस/एमडिएसले ८२५ र पाउने छन् ।
त्यस्तै निजी क्षेत्रबाट सञ्चालित स्वास्थ्य सेवा प्रदायक संस्थाहरुमा मासिक रुपमा नियुक्ति लिई सेवा पुर्याउने मेडिकल अफिरहरुको पारिश्रमिक ४२ हजार निर्धारण गरिएको छ ।





प्रतिक्रिया