काठमाण्डु – नेकपाको प्रचण्ड–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले देश गंभीर संकटबाट गुज्रीरहेको बताएका छन् ।
बुधबार सामाजिक सञ्जालमार्फत नेता श्रेष्ठले देशमा पुनः वैदेशिक हस्तक्षेप बढ्दै गइरहेको उल्लेख गरेका हुन् । उनले भनेका छन्, ‘संविधान र लोकतन्त्रमाथि मात्र प्रहार भइरहेको छैन, पुनः वैदेशिक हस्तक्षेप बढ्दै गइरहेको छ ।’
नेता श्रेष्ठले सत्तास्वार्थले अन्धा भएका निरङ्कुश तत्वहरुबाट बिदेशी शक्तिलाई आमन्त्रण गर्ने र तिनको आडमा अघि बढ्ने प्रवृत्तिको पुनरावृत्ति भैरहेको बताएका छन् ।
‘बिदेशी शक्तिहरु कमजोर सत्ता र राजनीतिक अस्थिरताबाट कसरी आफ्नो स्वार्थ पुरा गर्न सकिन्छ भनेर सुक्ष्म ब्यबस्थापनमा चासो दिदै क्रमशः हस्तक्षेप बढाइरहेका छन्,’ उनले भनेका छन् ।
उनले प्रतिगमन र वैदेशिक हस्तक्षेपलाई परास्त गर्न सम्पूर्ण देशभक्त शक्तिहरु एक जुट भई राष्ट्रिय स्वाधीनता र लोकतन्त्रको रक्षा गर्न आग्रह समेत गरेका छन् ।




प्रतिक्रिया