काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहले भारतीय गृहमन्त्री अमित शाहले नेपालविरुद्ध दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएकोे छ ।
पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बुधबार एक विज्ञप्ति जारी गर्दै भारतको त्रिपुरा राज्यका मुख्यमन्त्री विप्लव देवको भनाईप्रति आपत्ति रहेको जनाएका छन् ।
उनले भनेका छन्, ‘हाम्रो पार्टी विप्लव देवको भनाई यस प्रकारको अभिव्यक्तिप्रति गम्भीर आपत्ति प्रकट गर्दै कडा विरोध गर्दछ ।’
विज्ञप्तिमा नेपाल र भारतबीचको सम्बन्धमा भ्रम छर्ने र नकारात्मक असर पुर्याउने भएकाले भारतको सरकार र गृहमन्त्री शाहले स्पष्ट पार्नुपर्ने माग गरिएको छ ।
गृहमन्त्री शाहले नेपाल र श्रीलंकामा भारतीय जनता पार्टीको संगठन विस्तार गर्ने र सरकार बनाउने बताएका थिए ।





प्रतिक्रिया