भागरथीका हत्यारालाई पाँच दिन हिरासतमा राख्न अदालतले दियो अनुमति

भागरथीका हत्यारालाई पाँच दिन हिरासतमा राख्न अदालतले दियो अनुमति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जिल्ला अदालत बैतडीले १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या आरोपि दिनेश भट्टलाई पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

अदालतले भागरथीको बलात्कारपछि हत्या गरेको आरोपमा मंगलबार पक्राउ परेका दिनेशलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

दिनेशविरुद्ध जबरजस्ती करणी र ज्यानमुद्दामा अनुसन्धानका लागि हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले पाँच दिनको म्याद दिएको सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख उत्तमराज सुवेदीले जानकारी दिए ।

भागरथीको बलात्कारपछि हत्या प्रकरणमा उनको संलग्नता पुष्टि भएको भन्दै प्रहरीले आज नै दिनेशलाई सार्वजनिक गरेको थियो ।

बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्ट गत माघ २१ गते विद्यालयबाट फर्किने बेला बेपत्ता भएकी थिइन् ।

भोलिपल्ट माघ २२ गते उनी स्थानीय लवलेक सामुदायिक वनमा मृत अवस्थामा फेला परेकी थिइन् ।