फागुन २३ गतेबाट ६० वर्ष माथिकालाई कोरोना खोप लगाइने

फागुन २३ गतेबाट ६० वर्ष माथिकालाई कोरोना खोप लगाइने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले फागुन २३ गतेबाट ६० वर्षमाथिका नेपाली नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप लगाउने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले फागुन २३ गतेबाट ६० वर्षमाथिका नेपाली नागरिकलाई खोप लगाइने तयारी गरिएको जानकारी दिए ।

मंगलबारसम्म स्वास्थ्यकर्मी, सरसफाईकर्मी, पत्रकार तथा फ्रन्टलाइनमा खटिएर काम गर्ने २ लाख ८३ हजार जनालाई खोप लगाइएको छ ।

उनले खोप लगाएका व्यक्तिमा सामान्य साइड इफेक्ट देखिएको छ भने कुनैपनि व्यक्तिमा गम्चिर किसिमको साइड इफेक्ट नदेखिएको बताए ।