महिला ट्रेकिङ्ग उद्यमीहरुलाई प्रभु बैंकद्धारा सहुलियतपूर्ण कर्जा प्रदान सम्बन्धि

महिला ट्रेकिङ्ग उद्यमीहरुलाई प्रभु बैंकद्धारा सहुलियतपूर्ण कर्जा प्रदान सम्बन्धि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रभु बैंक लिमिटेडले आईडिया स्टुडियो नेपालस“गको सहकार्यमा सहयात्रा समृद्धिको कर्जा योजनाअन्तर्गत सोलुखुम्बु जिल्ला,खुम्बु पासाङ्ग ल्हामु गाउँपालिका, वार्ड नं ३, फाकदिङमा विभिन्न २४ महिला ट्रेकिङ्ग उद्यमीहरुलाई सहुलियतपूर्ण कर्जा प्रदान गरेको छ ।

आज सम्पन्न एक कार्यक्रममा प्रभु बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले महिला ट्रेकिङ्ग उद्यमीहरुलाई कर्जा प्रमाणपत्र हस्तान्तरण गरी उक्त सहुलियतपूर्ण कर्जा प्रदान गरेको बैंकले जानकारी दिएको छ ।

कोभिड –१९ को मारमा परेको ट्रेकिङ्ग व्यवसाय र नियमित आयआर्जनबाट बिमुख हुन पुगेका महिला ट्रेकिङ्ग उद्यमीहरुलाई ट्रेकिङ्गको लागी चाहिने बन्दोबस्तिका समानहरुको जोहो गरी आफ्नो उद्यमव्यवसायलाई पूनः सुचारु गर्दै जीवनस्तर सुदृढ पार्न यस कर्जाले सहयोग गर्ने बिश्वास बैंकले लिएको छ ।