मानव साङ्लो बनाएर टुडिखेल घेर्दै प्रचण्ड–नेपाल समूह

मानव साङ्लो बनाएर टुडिखेल घेर्दै प्रचण्ड–नेपाल समूह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपाको प्रचण्ड–नेपाल समूहले आज टुडिखेल घेराउ गर्ने भएको छ ।

प्रतिनिधिसभा विघटनविरुद्धको चौथो चरणको आन्दोलनस्वरुप प्रचण्ड–नेपाल समूहले मानव साङ्लो बनाएर अपराह्न चार बजेदेखि एक घण्टासम्म टुडिखेल घेराउ गर्ने भएको हो ।

मानव साङ्लो बनाएर टुडिखेल घेर्नका लागि प्रचण्ड–नेपाल समूहले उपत्यकाका जिल्ला कमिटी र जनवर्गीय संगठनहरुका लागि निश्चित स्थान तोकेको छ ।

सो समूहले सबै सहभागीहरुलाई पौने चार बजेसम्म तोकिएको स्थानमा पुगिसक्न निर्देशन दिएको छ ।