तोकिएको मितिमै चुनाव हुन्छ, आयोगले सूर्य चिह्न हामीलाई दिन्छ: सुवासचन्द्र नेम्वाङ

तोकिएको मितिमै चुनाव हुन्छ, आयोगले सूर्य चिह्न हामीलाई दिन्छ: सुवासचन्द्र नेम्वाङ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इलाम – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका नेता सुवासचन्द्र नेम्वाङले सरकारले तोकेको मितिमै निर्वाचन हुने दाबी गरेका छन् ।

आज बिहीबार इलाममा नेकपा ओली समूहको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले संसद विघटन गर्ने अधिकार प्रधानमन्त्रीमा रहेकाले ताजा जनादेशमा जाने सरकारको निर्णय जायज भएको बताए ।

जनताबाट अनुमोदन हुनबाट डराएर केही नेताले निर्वाचनविरुद्ध प्रचारबाजी गरेको भन्दै उनले पार्टीको आधिकारिकता आफ्नो पक्षको भएको दाबी गरे ।

निर्वाचन आयोगले सूर्य चिन्ह पनि आफुहरुर्लाइ नै दिने भन्दै नेता नेम्वाङले कार्यकर्ताहरुलाई ढुक्क हुन आग्रह गरे ।