रकेट सार्वजनिक गर्दै दाह्री ग्याङ, प्रधानमन्त्रीले उद्घाटन गर्ने

रकेट सार्वजनिक गर्दै दाह्री ग्याङ, प्रधानमन्त्रीले उद्घाटन गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – दाह्री ग्याङका युवाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् ।

सामाजिक सञ्जालमा सक्रिय देखिने दाह्री ग्याङका युवाहरूले बुधवार प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्रीसँग भेट गरेका हुन् ।

‘राष्ट्रका लागि युवा’ भन्ने अभियानमा रहेका युवाहरुले प्रधानमन्त्री ओलीसँग भेट गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् । सो भेटमा उर्जामन्त्री टोपबहादुर रायमाझी पनि सहभागी थिए ।

राष्ट्रका लागि युवा भन्ने अभियानमा डाक्टर, इञ्जिनियरसहित १ सय ५० भन्दा धेरै संघसंस्था छन् । त्यसमध्ये ‘दाह्री ग्याङ’ पनि एउटा हो ।

यो अभियानमा रहेका युवाहरुले रकेट बनाउँदै छन् । उनीहरुले मार्च १४ अर्थात वैज्ञानिक अल्बर्ट आइन्सटाइनको जन्मदिनको अवसरमा आफूले बनाएको रकेट सार्वजनिक गर्न लागेका छन् ।

सोही रकेटबारे प्रधानमन्त्रीलाई जानकारी गराउन बालुवाटार गएको उक्त भेटमा सहभागी युवा लेनिन बिष्टले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

सो रकेटको उद्घाटन प्रधानमन्त्री ओलीले गर्ने कार्यक्रम रहेको उनले बताए ।