नेपालमा चिनियाँ खोप सिनोफार्मले पायो आपतकालिन प्रयोगको अनुमति

नेपालमा चिनियाँ खोप सिनोफार्मले पायो आपतकालिन प्रयोगको अनुमति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले चिनियाँ खोप सिनोफार्मलाई नेपालमा आपतकालिन प्रयोगको अनुमति दिएको छ ।

गत मंगलबार बसेको औषधि व्यवस्था विभागको बैठकले सिनोफार्मलाई नेपालमा आपतकालिन प्रयोगको अनुमति दिने निर्णय गरेको हो ।

चिनियाँ कम्पनी बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्टले उत्पादन गरेको सिनोफार्मले नेपालमा गत जनवरी १३ मा आपतकालिन प्रयोगको अनुमति मागेको थियो ।

चीनले यसअघि नै नेपाललाई ५ लाख डोज कोरोनाको खोप अनुदानमा दिने घोषणा गरिसकेको छ । सिनोफार्मको खोप ७९.३४ प्रतिशत प्रभावकारी रहेको दाबी गरिएको छ ।

नेपालमा भारतीय खोप कोभिसिल्डले यसअघि नै प्रयोगको अनुमति पाएर मानिसमा प्रयोग गरिरहेको छ ।