एजेन्सी – भारतको पश्चिम बंगालका एक मन्त्रीमाथि बम आक्रमण भएको छ ।
पश्चिम बंगालका श्रममन्त्री जाकिर हुसेनमाथि बुधबार राति बम आक्रमण भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
गएराति मुर्सिदावादको रेलवे स्टेशनमा भएको बम आक्रमणमा मन्त्री हुसेन घाइते भएका हुन् । आक्रमणमा मन्त्री हुसेनसहित अन्य दुई जना पनि घाइते भएका छन् ।
पेटमुनि चोट लागेका मन्त्रीलाई जांगीपुर सबडिभिजन अस्पतालमा भर्ना गरिएको छ । कलकत्ता जानका लागि रेलवे स्टेशनमा पुगेका हुसेनमाथि बम हमला भएको त्यहाँको प्रहरीले जनाएको छ ।
आक्रमण कसले गर्यो भन्ने खुलेको छैन । यसअघि पश्चिम बंगालमा भाजपाका नेता बाबु मास्टरमाथि पनि आक्रमण भएको थियो ।




प्रतिक्रिया