निजी क्षेत्रलाई कोरोनाको खोप खरिद गर्न दिने सरकारको तयारी

निजी क्षेत्रलाई कोरोनाको खोप खरिद गर्न दिने सरकारको तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले निजी क्षेत्रलाई पनि कोरोना भाइरसविरुद्धको खोप ल्याउन दिने तयारी गरेको छ ।

बिहीबार स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै सरकार एक्लैले खोप खरिद गर्न सम्भव नहुने बताएकाले निजी कम्पनीलाई अनुमती दिने तयारी भएको र त्यसका लागि मापदण्ड जारी गरिने जानकारी दिए ।

मन्त्री त्रिपाठीले निजी कम्पनीले खरिद गरेको खोप निजी प्रयोजनका लागि प्रयोग हुने र उक्त खोप सरकारले नकिन्ने जानकारी दिए ।

त्यस्तै उनले सरकारले खरिद गरेका सम्पूर्ण खोप निःशुल्क दिने जानकारी दिए । साथै सरकारले खरिद गरेको २० लाख डोज खोप दुई साताभित्र नेपाल आइसक्ने भएको छ ।

मन्त्री त्रिपाठीले खोप खरिदका लागि आवश्यक प्रक्रिया अगाडि बढीसकेकाले २ साताभित्र खोप नेपाल आइपुग्ने जानकारी दिए । सरकारले खोप खरिदका लागि भारतको सिरम इन्स्टिच्युट अफ इन्डियालाई रकम पठाइसकेको जनाएको छ ।