जुलुस निकाल्न हामीसँग पैसा छैन, जबरजस्ती बोलाउन पनि सक्दैनौँः देउवा

जुलुस निकाल्न हामीसँग पैसा छैन, जबरजस्ती बोलाउन पनि सक्दैनौँः देउवा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेका सभापति शेरबहादुर देउवाले पार्टीमा पैसा नभएका कारण जुलुस निकाल्ने अवस्थामा आफुहरु नरहेको बताएका छन् ।

बिहीबार नेपाल मगर संघको गण्डकी प्रदेशसभा सम्मेलनलाई सम्बोधन गर्दै उनले जुलुस हेरेर फैसला गर्ने अवस्था आए पनि कांग्रेसले जुलुस निकाल्न नसक्ने बताएका हुन् ।

‘हामीसँग पैसा छैन । जबरजस्ती बोलाउन पनि सक्दैनौँ । आज क्रियाशिल सदस्यता दियो, त्यही भोली आन्दोलनमा आउँदैन’, उनले भने, ‘अनि कसरी आन्दोलन गर्नु र जुलुस कसरी निकाल्नु ?’

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले हठात स्थितिमा प्रतिनिधिसभा विघटन गरेर देशलाई ध्रुविकरणमा लगेको आरोप लगाए । अहिले देश संसद पुनस्र्थापनाको पक्ष र विपक्षमा बाँडिएको बताउँदै भने, ‘अदालतले पुनस्थार्पना गर भन्यो भने स्वीकार गछौँ, चुनाव गर भन्यो भने पनि स्वीकार गछौँ ।’

अदालतले गर्ने फैसला कांग्रेसलाई स्वीकार्य हुने बताउँदै देउवाले जुलुस निकालेर अदालतलाई यसो गर, उसो गर भनेर भन्न नमिल्ने बताए ।