देउवा र रामचन्द्र पौडेलबीच मञ्चमै घोचपेच !

देउवा र रामचन्द्र पौडेलबीच मञ्चमै घोचपेच !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच मञ्चमै घोचपेच भएको छ ।बिहीबार नेपाल मगर संघको गण्डकी प्रदेशसभा सम्मेलनलाई सम्बोधन गर्दै सभापति देउवा र वरिष्ठ नेता पौडेलबीच घोचपेच भएको हो ।

कार्यक्रममा सुरुमा बोलेका सभापति देउवाले आफूहरुलाई अदालतको निर्णय स्वीकार्य हुने बताए । उनले आफुहरु अदालतविरुद्ध जान नसक्ने भन्दै संसद विघटनको बचाउमा उत्रिएका थिए ।

अदालतले गर्ने फैसला कांग्रेसलाई स्वीकार्य हुने बताउँदै सभापति देउवाले जुलुस निकालेर अदालतलाई यसो गर, उसो गर भनेर भन्न नमिल्ने बताए । उनले संसद विघटन कि पुनस्र्थापना के गर्ने भन्ने अदालतले फैसला गर्ने बताए ।

‘सडकमा जुलुस गरेर दबाब दिइराख्ने हो भने किन अदालत चाहियो ?’ देउवाले भने, ‘अदालतले पुनस्थार्पना गर भन्यो भने स्वीकार गछौँ, चुनाव गर भन्यो भने पनि स्वीकार गछौँ ।’

देउवापछि कार्यक्रमलाई सम्बोधन गरेका नेता पौडेलले जनतालाई दोधारमा पारेको भन्दै आक्रोश पोखे । देउवाको भनाईप्रति इङ्गित गर्दै उनले ‘जे मन लाग्यो तेही बोलेर हिँड्ने ?’ भन्दै आक्रोश पोखेका हुन् ।

वरिष्ठ नेता पौडेलले अदालतले फैसला गर्दा पनि संविधानमा जे लेखेको छ त्यही भन्नुपर्ने अडान लिए ।

‘कांग्रेसले किन नभन्ने ? किन चुनाव चुनाव भन्ने ? चुनाव त पञ्चायतको बेलामा पनि भएको थियो’, उनले भने, ‘योबेला अदालतले के गर्छ भनेर हेर्ने कि आफैं अग्रसर हुने हो ? अदालतलाई धम्क्याएको होइन, आग्रह हो । हाम्रो जिकिर हो ।’