काठमाण्डु – साताको अन्तिम दिन आज नेप्से सुचक दोहोरो अंकले बढेको छ । बिहीबार बैंकिङ्ग समूहमा लगानीकर्ताको आकर्षण बढ्दा नेप्से सूचकले नयाँ रेकर्ड कायम गरेको हाे ।
हिजो ९.९४ अंकले बढेर २ हजार ६ सय ११ दशमलब ४५ विन्दुमा पुगेको नेप्से आज २५.२३ अंकले बढेपछि २ हजार ६ सय ३८ दशमलब ६८ विन्दुमा पुगेको छ ।
आज प्रारम्भमा बढेर २ हजार ६ सय ३६ अंक पुगेको बजार केही मिनेटमै २ हजार ६ सय २० अंकमा झरेको थियो ।
त्यसपछि फेरी पहिलेकै अंक समातेको बजारले एक पटक बढेर २ हजार ६ सय ४२ सम्म छोएको थियो । अन्तमा बजार बन्द हुँदा ६ अंकले घटेर उक्त अंक कायम भएको हो ।
आज कारोबार भएका विभिन्न कम्पनीमध्ये आठ वटा कम्पनीको सेयर मूल्य निकै माथि पुगेको छ । ती कम्पनीको मूल्यमा झण्डै १० प्रतिशतले वृद्धि भएको देखिन्छ ।
आज कारोबार भएका १२ वटा समूहमध्ये ३ वटा समूह घटेका छन् भने अन्य सबै समूहमा बढोत्तरी देखिएको छ ।
सबैभन्दा धेरै बढोत्तरी बैंकिङ समूहमा २३ अंकले बढेको छ । आज ८ अर्ब ७६ करोड २१ लाख रूपैयाँको सेयर कारोबार भएको छ ।




प्रतिक्रिया