शुक्रबार कुन राशिका लागि कति शुभ ?

शुक्रबार कुन राशिका लागि कति शुभ ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – वि.सं. २०७७ साल फागुन ०७ गते । शुक्रबार । इस्वी सन् २०२१ फेब्रुअरी १९ तारिख । नेपाल संवत् ११४१ । काठमाण्डुमा सूर्योदय बिहान ०६ बजेर ४० मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ५६ मिनेटमा ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पारिवारिक माहोलमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । माया प्रेममा सामीप्यता बढेर जानेछ ।

वृष (ई, ऊ, ए, ओ, वा, वी, वु, वे, वो)  पढाइ लेखाइमा मनजाने हुनाले अन्य प्रतिस्पर्धीहरुलाई टप्न सकिने तथा सबैको धन्यवादको पात्र हुँदा मन प्रसन्न रहनेछ । राजनीति तथा समाजसेवामा समय दिनेहरुले राज्यबाट सेवा सुविधा प्राप्त गर्न सक्नेछन् ।

मिथुन (का, की, कु, घ, ङ, छ, के, को, हा) बोलीको प्रभाव बढ्ने हुँदा बोलीकै भरमा काम हुनेछन् । कार्यक्षेत्रमा तपाईंको निर्णयको उच्च कदर हुनेछ । आफन्त तथा परिवारका सदस्यहरु तपाईंको कामदेखि खुशी हुनेछन् ।

कर्कट (ही, हु, हे, हो, डा, डी, डु, डे, डो) परिवार तथा आफन्तजनमा आत्मीयताको भाव बढ्नेछ भने माया प्रेममा नजिक हुने समय रहेको छ । व्यापार विस्तार गरी भनेजस्तो लाभ लिन सकिने तथा विभिन्न क्षेत्रमा लगानी गरी आम्दानीका स्रोतहरु विस्तार गर्न सकिनेछ ।

सिंह (मा, मी, मु, मे, मो, टा, टी, टु, टे)  लामो दूरीको विदेश यात्राको तय नगर्नु नै राम्रो रहनेछ । विद्यामा भने सफलता पाउन निकै नै मिहिनेत गर्नुपर्नेछ । स्वास्थ्यमा केही खराबी हुन सक्छ ख्याल गर्नुहोला । माया प्रेममा नजिक भई मनका भावना साटासाट गर्न सकिनेछ ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो) राजनीतिमा लाग्नेहरुले राज्यबाट विशेष सेवा सुविधा पाप्त गर्न सक्नेछन् । पढाइलेखाइ प्रगतिकै बाटोमा अगाडि बढाउन सकिनेछ भने वित्तीय क्षेत्रसँग सम्बन्धित कामबाट प्रशस्त नाफा कमाउन सकिनेछ ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तु, ते)  प्रेममा धोका हुने तथा घरपरिवारमा आफन्तसँग सामान्य कुरामा नै ठूलो विवाद हुनेछ । स्वास्थ्यसम्बन्धी सामान्य समस्या आउने तथा बेवास्ता गर्दा ठूलो रोग लाग्न सक्छ, सचेत रहनुहोला ।

वृश्चिक (तो, ना, नी, नु, ने, नो, या, यी, यु) नोकरीमा सुगम स्थानमा स्थानान्तरण हुनेछ भने भनेजस्तो काम पाइने हुँदा मनग्य धन कमाउन सकिनेछ । जीवन साथीको सहयोगले महत्त्वपूर्ण काम समयमा सम्पादन हुँदा मन प्रसन्न रहनेछ ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)  न्यायालयबाट हुने न्यायिक निर्णयहरु तपाईंकै पक्षमा हुनेछन् । प्रेममा सामीप्यता बढेर जानेछ । पुरानो रोग तथा स्वास्थ्यसम्बन्धी समस्या हल भएर जानेछ । विद्यामा गरेको लगानीबाट राम्रै प्रतिफल पाइने योग रहेको छ ।

मकर (भो, जा, जी, जु, जे, जो, ख, खी, खु, खे, खो, गा, गी) बौद्धिक व्याक्तित्वहरु सामु तपाईंले प्रस्तुत गर्नुभएको खरो प्रस्तुतिले सबैको मन जित्नेछ । पढाइ लेखाइमा अरुभन्दा एक कदमअघि बढी नतिजा आफैतिर ल्याउन सकिनेछ ।माया प्रेममा सामीप्यता बढेर जानेछ ।

कुम्भ (गु, गे, गो, सा, सी, सु, से, सो, दा)  कृषि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकीकरण गरी मनग्य लाथ लिन सकिनेछ । बिहानको समय राम्रो रहेकाले व्यापारमा लगानी गरी मनग्य धन आर्जन गर्न सकिनेछ ।

मीन (दी, दु, थ, झ, ञ, दे, दो, चा, ची)  व्यापार व्यावसाय फस्टाएर जानेछ भने छोटो दूरीको व्यावसायिक यात्राको प्रशस्त सम्भावना रहेको छ । विद्यार्थीले आफ्नो प्रतिस्पर्धीहरुलाई सजिलै हराउन सक्नेछन् भने पढाइ लेखाइमा भनेजस्तो नतिजा ल्याउन सकिनेछ ।