आजको मौसम पूर्वानुमान : पहाडी र हिमाली भूभागमा हिमपातको सम्भावना

आजको मौसम पूर्वानुमान : पहाडी र हिमाली भूभागमा हिमपातको सम्भावना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु  – जल तथा माैसम पूर्वानुमान महाशाखाले शुक्रबारको माैसम पूर्वानुमान गरेकाे छ ।  प्रदेश १ र प्रदेश २ लगायत देशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदलीको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना पनि रहेको मौसमविदले बताएका छन्। शुक्रबार राति पनि प्रदेश १ र प्रदेश २ लगायत देशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदलीको सम्भावना रहेको छ।

उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। पहाडी भूभागका एक दुई स्थानमा शुक्रबार राति पनि हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।