काठमाण्डु – प्रदेश नम्बर २ को प्रदेश प्रमुखमा राजेश झा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा झालाई नियुक्त गरेकी हुन् ।
उनले नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम रौतहटका झालाई प्रदेश प्रमुखमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
यसअघि राष्ट्रपति भण्डारीले प्रदेश २ को प्रदेश प्रमुखबाट तिलक परियारलाई पदमुक्त गरेकी थिइन् ।





प्रतिक्रिया