काठमाण्डु – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहल प्रचण्डसँग किन डराएको ? भन्दै प्रश्न गरेका छन् ।
शुक्रबार नुवाकोटमा आयोजित कार्यक्रममा बोल्दै सभापति देउवाले नेताहरु प्रचण्डको खिलापमा बोल्न नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।
‘मैले त उतिबेलै भनेको हो कम्युनिष्टले जिते भने बोल्न पनि पाइँदैन । हाम्रो पार्टीका साथीहरू बल्लबल्ल ओलीको विरोध गर्न सक्ने हुनुभएछ’, उनले भने, ‘प्रचण्डको विरोध गर्न त अझै सक्नुहुन्न । प्रचण्डसँग किन डराएको हो कुन्नि ?’
उनले प्रतिनिधि सभा पुनर्स्थापना भए पनि चुनाव हुने भएकोले तयार रहन नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।
‘संविधानको व्याख्या गर्ने अदालतले हो । अदालतबाहेक अरू कोही छ यहाँ ?,’ सभापति देउवाले भने, ‘अदालतको निर्णय पर्खियौं भनेको हो । अदालतलाई विश्वास गरौं न प्लिज, उसको निर्णय मानौं ।’
उनले प्रचण्ड र ओली चुनावको तयारीमा लागेको बताउँदै चुनाव भयो भने के गर्ने ? भन्दै प्रश्न गरे ।
‘प्रचण्ड–ओलीलाई चुनाव लागिसक्यो । चुनाव चिन्ह मागिरहेका छन्,’ उनले भने, ‘हाम्रा साथीहरू चुनाव हुँदैन भनिरहेका छन् । चुनाव भयो भने के गर्ने ? कि चुनावमा जानुप¥यो कि राजनीति गर्न भएन । चुनावबाट त भाग्न मिल्दैन नि । चुनाव हुन्छ हुन्छ । ओलीले चुनाव नगरेर सुख पाउँछन् यहाँ ?’




प्रतिक्रिया